Logo
१५ चैत्र २०८०, बिहीबार
(August 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रभु लाईफ इन्स्योरेन्सको विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न

प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडले पोखरामा साउन १९ देखि २३ गतेसम्म सञ्चालन गरेको कार्यक्रममा विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ मा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरु एवं शाखा उपशाखा कार्यालयका कर्मचारीहरुलाई सम्मानित गरी भव्यताका साथ सम्पन्न ग¥यो ।

विजनेस कन्फरेन्स कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यूले गर्नुभयो भने क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रमको उद्घाटन कम्पनीका संचालक समिति अध्यक्ष श्री सुभाष अमात्य ज्यूले गर्नुभयो ।

पहिलो चरण, विजनेस कन्फरेन्स कार्यक्रममा उत्कृष्ठ कार्यसम्पदान गर्ने कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने दोस्रो चरण, क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रममा कम्पनीका संचालक समिति अध्यक्ष श्री सुभाष अमात्यज्यू र प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यूले उत्कृष्ट व्यवसाय गर्नुहुने सिईयो क्लव तथा चेयरम्यान क्लव दर्जाका अभिकर्ताहरुलाई सम्मान गर्नुभएको थियो ।

कम्पनीका चियरम्यान क्लबमा पर्न सफल अभिकर्ताहरुलाई संचालक समिति अध्यक्ष श्री सुभाष अमात्य ज्यूले र सिइओ क्लबमा पर्न सफल अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यूले सम्मान तथा बिभिन्न पुरस्कारहरु प्रदान गर्नुभएको थियो ।

प्रभु लाईफका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईले हामी सबैको अथक मिहेनत एवं प्रयासले गत आर्थिक वर्ष २०७८÷७९ को लक्ष्य चुम्न सफल भएकोमा सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । उहाँले थप्नुभयो दृढ संकल्प र मिहेनतले नै यो उचाइमा पुग्न सफल भएका हौं भने आगामी दिनमा यो उचाइको बृद्धिदरलाई कायम राख्ने दृढ बिश्वास समेत व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: Aug 9, 2022

प्रतिक्रिया दिनुहोस्