Logo
१३ बैशाख २०८१, बिहीबार
(August 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीतिलाई दुहुनो गाइ बनाउने काम बन्द गर्न नेताहरुलाई आग्रह : खिमलाल देवकोटा

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले निर्वाचन मिति घोषणा भैसकेको अवस्थामा सरकार, प्रतिनिधिसभा र प्रदेशसभा सबै कामचलाउ भैसकेको बताए र राजनीतिलाई दुहुनो गाइ बनाउने काम बन्द गर्न नेताहरुलाई आग्रह समेत गरे ।

‘संसदीय मूल्यमान्यता र परम्पराअनुसार कामचलाउ निकायले दीर्घकालीन महत्व राख्ने र प्रभाव पार्ने निर्णय गर्दैनन् र कामचलाउ भैसकेको संसदले नीति तथा कानुन समेत बनाउन नसक्ने हो भने सरोकारवालाहरुको ध्यान जान जरुरी रहेको’, देवकोटाले भने ।

संविधानले भनेकाले सांसदहरुको कार्यकाल पनि समाप्त भएको बुझ्न पर्ने बताए । उनको भनाइ अनुसार निर्वाचन घोषणा भइसकेपछि सभामुख र उपसभामुखको पद मात्र कायम रहने । कार्यकाल समाप्त भएका सांसदहरुको नाममा बैठकमा राख्न पनि नमिल्ने र राज्यको दोहन गर्ने काम बन्द गर्न आग्रह गरे ।

देवकोटाले भने लगातार चुनावमा विजयी भएकालाई तेस्रो पटक टिकट नदिइयोस् ।

प्रकाशित मिति: Aug 8, 2022

प्रतिक्रिया दिनुहोस्