Logo
१५ चैत्र २०८०, बिहीबार
(August 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

९ वटा क्षेत्रमा उम्मेदवारी दिने इमरान खानको घोषणा

इस्लामाबाद– पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री इमरान खानले आगामी उपनिर्वाचनमा नौ वटै क्षेत्रमा एक्लै उम्मेदवारी दिने घोषणा गरेका छन् । आफ्ना पार्टीका सांसदहरूले दिएको राजीनामालाई सभामुखले स्वीकृत गरेपछि रिक्त नौ वटै स्थानमा उपनिर्वाचन हुँदै छ ।

आगामी २५ सेप्टेम्बरमा उपनिर्वाचन हुने पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ । सबै रिक्त सिटमा चुनाव लड्ने खानको निर्णयले राजनीतिक वृत्तमा तरंग खडा गरेको छ ।
पछि पार्टीका वरिष्ठ उपाध्यक्ष फवाद चौधरीले पत्रकार सम्मेलनमा बोल्दै खान नौ वटै निर्वाचन क्षेत्रबाट उठ्ने निर्णय गरेको पुष्टि गरेका छन् ।

प्रकाशित मिति: Aug 7, 2022

प्रतिक्रिया दिनुहोस्