Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काबुलको व्यस्त किनमेल सडकमा बम बिस्फोट, ८ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलको व्यस्त किनमेल सडकमा शनिबार भएको बम विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएको अस्पतालका अधिकारी र प्रत्यक्षदर्शीले बताएका छन् ।

अल्पसंख्यक शिया मुस्लिम समुदायका सदस्यहरू नियमित भेला हुने सहरको पश्चिमी जिल्लामा बम विस्फोट भएको थियो । सुन्नी मुस्लिम आतंकवादी समूह इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ ।

विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका अस्पतालका एक वरिष्ठ अधिकारीले बताएका छन् ।
अनलाइन पोस्ट गरिएको भिडियो फुटेजमा एम्बुलेन्सहरू घटनास्थलमा कुदिरहेको देख्न सकिन्छ ।

गत शुक्रबार काबुलमा इस्लामिक स्टेटले गराएको विष्फोटमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

प्रकाशित मिति: Aug 7, 2022

प्रतिक्रिया दिनुहोस्