Logo
११ बैशाख २०८१, मंगलबार
(August 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिल्ला अस्पतालले अझै पाएनन् कोराना संक्रमितको उपचार खर्च

जिल्ला अस्पताल लमजुङले कोरोना संक्रमितको उपचार खर्च नपाएको जनाएको छ । गण्डकी प्रदेश सरकारले उपलब्ध गराउने भनी सम्झौता गरेक पनि हालसम्म रकम उपलब्ध नभएको जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।

जिल्ला अस्पताल लमजुङले महामारी सुरु भएदेखि हालसम्म पाँच सय ६९ जनाले उपचार गरेकाे छ । उपचार गराएका संक्रमितहरूको कूल रकम एक करोड ४१ लाख ७१ हजार पाँच सयमध्ये ५० लाख ७८ हजार पाँच सय भुक्तानी भए पनि ९० लाख ९३ हजार रकम नपाएको अस्पतालकाे भनाइ छ ।

सम्झौता अनुसार सरकारले प्रत्येक महिना सोधभर्ना भुक्तानी गर्नेु पर्नेछ । कोभिड संक्रमितको उपचार खर्च संघीय सरकारले उपलब्ध गराउने भनेपछि जिल्ला अस्पताल लमजुङ, गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबीच कोभिड–१९ संक्रमित बिरामीको उपचार र व्यवस्थापनका लागि अस्पतालमा कोभिड-१९ केयर युनिट सञ्चालन गर्ने विषयमा सम्झौता भएको थियो ।

प्रकाशित मिति: Aug 2, 2022

प्रतिक्रिया दिनुहोस्