Logo
२९ श्रावण २०७९, आईतबार
(August 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले अध्यक्ष ओली पशुपतिको आरतीमा सहभागी हुँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ पशुपतिको विशेष आरतीमा सहभागी हुने भएका छन् ।

प्रेस संयोजक रामशरण बजगाइँका अनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आरतीमा सहभागी हुन आज साँझ साढे ५ बजे पशुपति पुग्नेछन् । पशुपति बागमती गंगा आरती परिवारको वार्षिकोत्सवमा सहभागी हुन उनी पशुपति जान लागेका हुन् ।

आरतीमा सहभागी भएसँगै ओलीले मन्दिरकाे पनि दर्शन गर्ने कार्यक्रम छ।

प्रकाशित मिति: Aug 1, 2022

प्रतिक्रिया दिनुहोस्