Logo
४ बैशाख २०८१, मंगलबार
(August 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढीपहिरोले सडक बगाउँदा बेंसिसहर-चामे सडक अवरुद्ध

आइतबार राति वर्षासँगै आएको बाढीपहिरोले सडक बगाएपछि मनाङ जाने एक मात्र बेंसिसहर-चामे सडक अवरुद्ध भएको छ ।

डुम्रे-बेंसीसहर-चामे सडक योजनाका सबइन्जिनियर सुमन अधिकारीका अनुसार मर्स्याङ्दीको रामबजार, घोप्टेभीर र कोतोमा पहिरोले सडक बगाएपछि सोमबार बिहानैदेखि सडक अवरुद्ध भएको हाे ।

पहिरोले सडक बगाएपछि चामेको कोतोमा मानिससमेत वारपार गर्न समस्या भएको अधिकारीले बताए । उनका अनुसार कोतोमा २० मिटर जति सडक बगाएकाे छ। बाढीपहिरोले लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ रामबजार नजिकै घोप्टेभीरमा र मनाङको कोतोमा क्षति पुगेकाले बेंसीसहर-चामे सडक अवरुद्ध भएको हो ।

प्रकाशित मिति: Aug 1, 2022

प्रतिक्रिया दिनुहोस्