Logo
१७ मंसिर २०७९, शनिबार
(July 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विल भन्छन् – ओस्कारमा मानसिक सन्तुलन गुमाएको थिएँ

बलिउड अभिनेता विल स्मिथ ओस्कार अवार्डमा कमेडियन क्रिस रकलाई थप्पड हिर्काएपछि लगातार चर्चामा छन् । यो घटनाको ४ महिनापछि अभिनेताले सामाजिक सञ्जालमार्फत एक भिडियो जारी गर्दै क्रिससँग पुनः एकपटक माफी मागेका छन् । भिडियोमा उनले आफूले क्रिससँग नियमित कुरा गर्ने कोशिस गरे पनि क्रिस यो कुरामा तयार नभएको दाबी गरेका छन् ।

विलले केही कुरा लेख्दै भिडियो सेयर गरेका छन् । ‘म पछिल्लो केही महिनादेखि धेरै कुरा सोचिरहेको छु र यसमा काम पनि गरिरहेको छु । तपाईंहरुले मलाई केही प्रश्न सोध्नुभयो । म आज त्यसको जवाफ दिन्छु । ओस्कार अवार्डमा मैले मानसिक सन्तुलन गुमाएको थिएँ । थाहा छैन मैले के सोचिरहेको थिएँ, धेरै अलमलमा पनि थिएँ’, उनले लेखेका छन् ।

उनले आफूले क्रिसको मोबाइलमा कुराकानी गर्न सन्देश पठाएको उल्लेख गरेका छन् । तर, उनी कुराकानी गर्न तयार नभएको विलको गुनासो छ । उनका अनुसार क्रिसले विललाई ‘जब म कुरा गर्ने स्थितिमा आउँछु, तब तपाईंसँग कुरा गर्नेछु’ भनी सन्देशको जवाफ पठाएका छन् ।

‘क्रिस म तपाईंसँग माफी पनि माग्न चाहन्छु । मलाई थाहा छ मेरो व्यवहार स्वीकार गर्न लायक थिएन । तपाईंलाई जहिल्यै कुरा गर्न मन लाग्छ, म यहीँ छु’, उनले भनेका छन् ।

विलले ओस्कार अवार्ड २०२२ को समयमा क्रिसमाथि थप्पड हिर्काएका थिए । क्रिसले विलकी पत्नीको मुण्डन रोगको बारेमा मजाक गरेपछि विल रिसाएका थिए । सँगै रहेकी श्रीमतिमाथि मजाक गरेपछि विल स्टेजमै गएर क्रिसमाथि थप्पड हिर्काएका थिए ।

क्रिसलाई हानेपछि विलले मार्च २९ मा एकेडेमी अफ मोसन पिक्चरबाट राजीनामा दिएका थिए । विलले यसअघि पनि क्रिससँग पटक–पटक माफी मागिसकेका छन् ।

प्रकाशित मिति: Jul 31, 2022

प्रतिक्रिया दिनुहोस्