Logo
२९ श्रावण २०७९, आईतबार
(July 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राखेपबाट अवकाश पाएका बज्रको बिदाइ

राष्ट्रिय खेलकुद परिषद्बाट अनिवार्य अवकाश प्राप्त वरिष्ठ अधिकृत बज्रबहादुर केसीलाई बुधबार एक कार्यक्रमका बीच सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरेका छन् ।

घिसिङले आगामी दिनका लागि शुभकामना दिंदै केसी परिषद्को पक्षमा रहेर सकारात्मक सोचका साथ आगाडि बढ्ने कर्मचारीको रूपमा पाएको र आगामी दिनमा पनि खेलकुद क्षेत्रले उनकाे अनुभवलाई उपयोग गर्नेमा आफू बिश्वस्त रहेको बताए । उनले परिषद्मा कर्मचारीहरूले अन्यायपूर्ण जीवन बिताइरहेको भन्दै आफू सदा कर्मचारीको साथमा रहने बताए ।

केसीले ३०औं वर्ष खेलकुदमा कार्य गर्दा सेवकका क्रममा केही तीता, नमिठा कुराहरू भएमा त्यसलाई बिर्सन र आफूले पनि त्यसलाई सेवाका क्रममा भएको क्रियाकलापको रूपमा लिने भन्दै अनिवार्य अवकाशका कारण सेवाबाट बाध्यात्मक बिदाइ भए पनि खेलकुदबाट टाढा नरहने बताए ।

तालिम तथा प्रशिक्षण विभागका वरिष्ठ प्रशिक्षक अर्जुनबहादुर बिकले अनिवार्य अवकाशका कारण बिदाइ भए पनि केसी खेलकुदबाट टाढा नरहने बताए ।

कर्मचारीहरुको तर्फबाट संघका अध्यक्ष रञ्जन थापाले सेवाका क्रममा सम्वन्ध आत्मीय भएको भन्दै आगामी समय सफलतापूर्वक बितोस् भन्दै शुभकामना दिए ।

खेलकुद विकास विभागका प्रमुख रहेका केसी ९ असाेज २०४७ मा नायव सुब्बाको रूपमा परिषदको प्रशासनिक सेवामा प्रवेश गरेका थिए । परिषद्अन्तर्गत विभिन्न शाखा तथा विभागमा रहेर काम गरेका केसी १५ असाेज २०५४ माअधिकृतमा बढुवा भएका थिए । २१ पुस ०६३ मा द्वितीय श्रेणीमा बढुवा भएका उनी १२ असार २०७९ मा प्रथम श्रेणीमा बढुवा भएका थिए ।

प्रकाशित मिति: Jul 27, 2022

प्रतिक्रिया दिनुहोस्