Logo
१५ चैत्र २०८०, बिहीबार
(July 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्कारपिओ छाडेर मोटरसाइकलमा कार्यालय जान्छन् नगर प्रमुख थापा

सोमबार साँझ करिब साढे ७ बजेको थियो । भूमिकास्थान नगरपालिका-४ मकैडाँडामा एक व्यक्ति रेनकोट लगाउँदै गरेका बेला भेटिए । बाटोमा बाइक रोकेर रेनकोट लगाउँदै गरेका ती व्यक्ति अरु कोही नभएर भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापा थिए । नगर कार्यालयबाट अफिसियल कामले सन्धिखर्क पुगेका थापा घर फर्कंदै गर्दा मकैडाँडामा पानी परेपछि निथ्रुक्क भिजेका हुन् ।

भूमिकास्थान नगरपालिका-४ घर भएका थापा मोटरसाइकलमा दैनिक ३२ किमी यात्रा गर्छन् । आफ्नै निजी मोटरसाइकलमा यात्रा गरिरहेका मेयर थापाले आफ्नै मोटरसाइकलमा यात्रा गर्नुको बेग्लै आनन्द भएको बताए । “म मोटरसाइकलमा यात्रा गरेको देखेपछि साथीहरूले आश्चर्य मान्दै मेयरसाव गाडी छैन र भन्नुहुन्छ,” उनले भने, “यही मोटरसाइकल देखाउँदै यो घोडा जस्तो मान्नु भो र भन्ने गरेको छु ।”

मेयर थापाले आफू निर्वाचित भइसकेपछि नगरपालिकाले भाडामा प्रयोग गरिरहेको एउटा स्कारपिओ फिर्ता गरिसकेका छन् । “नगरपालिकासँगग दुईवटा आफ्नै गाडी छन् वर्षौदेखी अर्को भाडाको गाडी पनि प्रयोग भइरहेको रहेछ,” मेयर थापाले भने, “हामी आएपछि त्यो गाडीको नवीकरण गरेनौं, १ साउनदेखि त्यो गाडी फिर्ता भइसक्यो ।”

थापाले आफूले सस्तो लोकप्रियताका लागि माेटरसाइकल नचढेकाे बताए । ‘म न त लोकप्रियता कमाउन मोटरसाइकल चढेको हुँ, न त सरकारी गाडी बहिष्कार नै गरेको हुँ,’ मेयर थापाले भने, ‘विशेष परिस्थितिमा नगरका गाडीहरू पनि प्रयोग गरिन्छ । तर मसँग आफ्नै साधन छ, मोटरसाइकलले काम चलेसम्म गाडी चढ्दिनँ ।’

प्रकाशित मिति: Jul 26, 2022

प्रतिक्रिया दिनुहोस्