Logo
१७ मंसिर २०७९, शनिबार
(July 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाराका उपभोक्तालाई रौतहटको वन प्रवेशमा प्रतिवन्ध

रौतहट जिल्लाको रौतहट र बाराको सिमनामा रहेको सबडिभिजन वन कार्यालय धन्सारका वन कर्मचारीले बारा निजगढ नगरपालिका स्थित सिगौंलका बासिन्दाहरुलाई रौतहटको वन क्षेत्रमा घाँस, दाउरा गर्न र चरिचरणमा रोक लगाएका छन् । वन कर्मचारीहरुले वन प्रवेश गर्ने तथा सडकमा बसेर घाँस, दाउरा गर्न र चरिचरणमा जाने सर्वसाधारणलाई रोक लगाएका हुन् ।

डिभिजन वन कार्यालय रौतहतका वन अधिकृत (डिएफओ) सुनिलकुमार कर्णको निर्देशनमा कर्मचारीहरुले बाराका सर्वसाधारणलाई थुन्ने धम्की दिएको स्थानीयले बताएका छन् ।

रौतहटको सीमा क्षेत्रमा पर्ने निजगढ नगरपालिकाको सिगौंलका उपभोक्ताले वर्षैअघि देखि धन्सार पारी रौतहटको वन क्षेत्रबाट घाँस, दाउरा गर्दै आएका छन । डिएफओ फेरिएपछि स्थानीय उपभोक्ताहरुलाई अनावश्यक रुपमा दुख दिने गरेको स्थानीय लालबहादुर तामाङ्गले बताए । उनका अनुसार सर्वसाधारणलाई घाँस दाउरा गर्न रोक लगाउने तर तस्कहरुसंको मिलिमतोमा कर्मचारीहरुले नै वन फडानी गर्ने गरेको पनि स्थानीयको आरोप छ ।

सो क्षेत्रको अरुणबस्ती आसपासको वन क्षेत्रमा वन कर्मचारी र काठ तस्करहरुको मिलिमतोमा वन फडानी गरेर घर टहरा निर्माण गर्ने र सालको गोलिया तस्करी भइरहदा पनि नियन्त्रण गर्नेतर्फ डिएफओ कर्णले कुनै चासो नदेखाएको स्थानीयको आरोप छ ।
डिएफओ कर्ण केही दिनअघि मात्रै जिल्ला वन कार्यालय रौतहटमा सरुवा भइ आएका हुन् ।

प्रकाशित मिति: Jul 15, 2022

प्रतिक्रिया दिनुहोस्