Logo
१२ बैशाख २०८१, बुधबार
(July 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहटमा ट्रयाक्टरको ठक्करबाट बृद्धको मृत्यु

रौतहटको दुर्गाभगवती गाँउपालिका–२ भलोहीमा हिजो बेलुकी ट्रयाक्टरको ठक्करबाट एक जना बृद्धको मृत्यु भएको छ ।

ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका सोही स्थान बस्ने अन्दाजी ७० बर्षीय किशोर ठाकुरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठाकुरको शिवदर्शन अस्पतालमा राती ९ बजे मृत्यु भएको हो ।

सुकदेवचोकबाट गंगापिप्रा तर्फ आउदै गरेको ना३त ५३७० नम्बरको ट्रयाक्टरले सडकको छेउमा बसिरहेका ठाकुरलाई हिजो बेलुकी पौने ९ बजे ठक्कर दिएको थियो ।

ट्याक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय गंगापिपराले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Jul 14, 2022

प्रतिक्रिया दिनुहोस्