Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउनमा के गर्ने र के नगर्ने : भगवान विष्णुको पूजा गर्ने विधि समेत

भारतको ज्योतिषी डा गणेश मिश्राका अनुसार साउन महिनाको देवता शुक्र र शिवसँगै यस महिनामा भगवान विष्णुको श्रीधर स्वरूपको पूजा गर्न भनिएको छ । साउन महिनामा मात्रै उपासना र व्रत राख्नु जरुरी छ । यस महिनामा भगवान शिवसँग विष्णुजीको अभिषेकको पनि ठूलो महत्त्व छ।

चातुर्मासको पहिलो महिना भएकाले साउनमा पूजा–आराधनासँगै धेरै कुरामा ध्यान दिई राखनू पर्ने र महिनाभरि शिवको पूजासँगै व्रत पनि गरिन्छ ।

साउन महिनाको अन्तिम दिन श्रवण नक्षत्रको साथमा रक्षाबन्धन पर्व मनाइन्छ ।

केहि सुझाबहरु पातदार तरकारी महिनाभरि खानु हुँदैन। तामसिक खाना खानु हुँदैन । दुध पिउनु हुँदैन र दुधबाट बनेको चिज पनि खानु हुँदैन । मांसाहारी खाना र कुनै पनि प्रकारको नशालु पदार्थ नखाने । यो महिनामा धेरै मसलादार खानेकुरा खानु हुँदैन । ब्रह्मचर्यको नियम पनि पालना गर्नुपर्छ। दिउँसो सुत्नु हुँदैन । यस महिना बिहान र बेलुका दुवै समयमा खाना नखानुहोस्। फलफूल एकैपटक खानुपर्छ ।

स्कन्द पुराण अनुसार साउन महिनामा एकभुक्त व्रत राख्नु पर्छ अर्थात् एकपटक मात्रै खाना खानुपर्छ र यसका साथै पानीमा बेलपत्र वा अमला हालेर नुहाउनुपर्छ । यसो गर्दा जानी(जानी वा नजानी गरेका पापहरू नाश हुन्छन् । यो महिनामा तीर्थको पानीले नुहाउनुको ठूलो महत्व छ । मन्दिर वा साधुहरूलाई वस्त्र दान गर्नुपर्छ । यसका साथै चाँदीको भाँडामा दूध, दही वा पञ्चामृत दान गर्नुहोस्। तामाको भाँडोमा खाना, फलफूल वा अन्य खाद्य वस्तु राखेर दान गर्नुपर्छ ।

प्रकाशित मिति: Jul 12, 2022

प्रतिक्रिया दिनुहोस्