Logo
१७ मंसिर २०८०, आईतबार
(July 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वविख्यात आरोही तामाङको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी

‘सबैभन्दा कान्छो आरोही’को रेकर्ड राख्न सफल भएका शम्भु तामाङलाई राष्ट्रिय सम्मानका साथै काठमाडौंको स्वयम्भुमा बौद्ध परम्परा अनुसार अन्त्यष्टी गरिएको छ ।

तामाङको अन्तिम विदाइमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठ पुगेर राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट तामाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित तामाङको ७० वर्षको उमेरमा गत असार २३ गते बिहान निधन भएको थियो र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को गत शुक्रबार बसेको वैठकले तामाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको थियो ।

नेपालको पर्वतारोहणबारे अन्तर्राष्ट्रिय जगतमा प्रवर्द्धन गर्न र नेपालका हिमाल प्रचार गर्न तामाङले अतुलनीय योगदान गरेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

तामाङकै पहलमा नेपाल पर्वतारोहण संघको स्थापना भएको हो ।

प्रकाशित मिति: Jul 11, 2022

प्रतिक्रिया दिनुहोस्