Logo
११ बैशाख २०८१, मंगलबार
(July 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लामखुट्टेले टोकेर बेलायतकी महिला विमान चालकको मृत्यु

बेलायतकी एक प्रशिक्षार्थी महिला विमान चालकको लामखुट्टेले टोकेका कारण मृत्यु भएको छ ।

बुरी सेन्ट एडमन्ड्स, सफोककी २१ वर्षीया ओरियाना पेपरको गत जुलाईमा बेल्जियमको एन्टवर्पमा लामखुट्टेले टोकेको पाँच दिन पछि मृत्यु भएको हो ।

सल्फोकका वरिष्ठ कोरोनर निगेल पार्स्लीले उज्ज्वल भविष्य भएकी युवतीको मृत्यु अति नै दुर्भाग्यपूर्ण भएको बताए ।

उनलाई लामखुट्टेले दाहिने आँखामा टोकेको थियो । टोकाइपछि उनको आँखा सुन्निएको थियो र यसमा संक्रमण भएपछि अस्पतालको इमर्जेन्सीमा लगिएको थियो ।

बीबीसीका अनुसार उनको निधन जुलाई १२, २०२१ मा भएको थियो । त्यसदिन उनलाई लामखुट्टेले टोकेको पाँच दिन पुगेको थियो । त्यतिबेला अस्पतालले उनको मृत्युको कारण मस्तिष्कमा सेप्टिक एम्बोली बताएको थियो ।

स्ट्याफाइलोकोस एरियस नामक ब्याक्टेरियाको संक्रमणले रक्तनलीमा अवरोध हुँदा मस्तिष्कमा सेप्टिक एम्बोली हुन्छ । विशेषगरी निधारमा किराले टोक्दा यस्तो अवस्था निम्तिन्छ ।

पेपर अक्सफोर्डको इजिजेट कार्यक्रममा उत्कृष्ट अङ्क ल्याएर उत्तिर्ण भएको र थप तालिमका लागि बेल्जियम गएको सफोकको कोरनर कोर्टको सुनुवाईमा बताइएको छ ।

निगेल पार्स्लीले सुनुवाइको क्रममा भनेका छन्, ‘ती युवतीको मृत्यु निधारमा किराले टोक्दा गम्भीर संक्रमणका कारण भएको हो ।’

 

प्रकाशित मिति: Jul 8, 2022

प्रतिक्रिया दिनुहोस्