Logo
६ बैशाख २०८१, बिहीबार
(July 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

“दबंग ४” को तयारी सूरु : तिग्मांशु धुलियाले निर्देशन गर्ने

सलमान खान आफ्नो चर्चित फिल्म फ्रेन्चाइज दबंगको चौथो किस्ता दबंग ४ ल्याउन लागेको यो घोषणा गर्दा फिल्म निर्माता तिग्मांशु धुलियाले निर्देशन गर्ने खबर आएको छ ।

हालै टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार तिग्मांशुले यो फिल्मको स्क्रिप्ट लेख्दैछन् र उनले निर्देशन पनि गर्नेछन् ।

सलमान खानले आफ्नो फिल्मको प्रमोशनका क्रममा दबंग ४ मा काम सुरु गरेको खुलासा गरेको र सन् २०२२ को डिसेम्बरमा यसको छायांकन सुरु गर्ने ।

मिडिया रिपोर्टका अनुसार चुलबुल पाण्डेको कथामा थ्रिल र रोमाञ्चकता ल्याउन सक्ने यस फिल्म फ्रन्चाइजीका लागि तिग्मांशु सबैभन्दा आदर्श व्यक्ति हुन् ।

तिग्मांशु धुलियाले फिल्म ‘हासिल’ बाट आफ्नो करियर सुरु गरेका र उनले साहब बीवी और ग्याङ्स्टर, पान सिंह तोमर, साहब बीवी और ग्याङ्स्टर रिटर्न्स, बुलेट राजा र यारा जस्ता फिल्महरू निर्देशन गरेका छन् ।

अहिले सलमान खान ‘कभी ईद कभी दिवाली’ को सुटिङमा व्यस्त छन् । उनी टाइगर सिरिजको तेस्रो फिल्म ‘टाइगर–३’ मा पनि काम गरिरहेका छन् । यस फिल्ममा उनीसँगै कट्रिना कैफ पनि देखिनेछिन् । यससँगै उनी आमिर खानको ‘लाल सिंह चड्ढा’ र शाहरुख खानको ‘पठान’ मा पनि क्यामियो रोलमा देखिनेछन् ।

प्रकाशित मिति: Jul 7, 2022

प्रतिक्रिया दिनुहोस्