Logo
१२ बैशाख २०८१, बुधबार
(July 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आगामी साता निर्वाचनको मिती घोषणा गर्ने तयारी : मंसिर २ गते एकै चरणमा चुनाव हुने

निर्वाचन आयोगले आगामी मंसिर २ गते शुक्रबार एकै चरणमा प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने भएको छ ।

आयोगको सिफारिसका आधारमा १२० दिन समय राखेर मन्त्रिपरिषद्ले आगामी साता निर्वाचनको मिती घोषणा गर्ने तयारी गरेको छ ।
आयोगले एकै चरणमा दुवै तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको छ ।

निर्वाचन आयोगले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति सिफारिस गर्ने तयारी गरेको आयोगले जनाएको छ ।

यसअघि स्थानीय तह निर्वाचनमा सरकारले सुरक्षा दिन नसकेको भन्दै दुई चरणमा गर्नेबारे आयोगमा छलफल भएको थियो।
र, एकै चरणमा मंसिर २ मा चुनाव गर्न उपयुक्त हुने निष्कर्षमा आयोग पुगेको छ।

प्रकाशित मिति: Jul 5, 2022

प्रतिक्रिया दिनुहोस्