Logo
२३ श्रावण २०७९, सोमबार
(July 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाजवादीको बैठकमा माओवादीसँग एकताबारे छलफल

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताबारे आएको प्रस्तावबारे ब्रिफिङ गरेका छन् ।

‘अध्यक्षले पार्टी एकताका लागि आएको प्रस्तावबारे सामान्य ब्रिफिङ गर्नुभयो’, सचिवालय सदस्य प्रकाश ज्वालाले अध्यक्ष नेपालले बैठकमा गरेको ब्रिफिङलाई उद्धृत गर्दै भने, ‘पार्टी एकताको प्रस्ताव सकारात्मक हो । तर यसमा अहिले नै निर्णयमा पुग्न सकिँदैन, पार्टीभित्र पनि छलफल गर्नुपर्छ ।’

आइतबार तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो ।

छलफलमा नेता गौतमले माओवादी र समाजवादीबीच चुनाव अघि नै एकता गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए ।

समाजवादीको सचिवालय बैठकमा सो पार्टीको असार १४ गते सम्पन्न केन्द्रीय परिषद् बैठकको समीक्षा गर्नुका साथै परिषद् बैठकमा अध्यक्ष माधवकुमार नेपालको पेस गरेको राजनीतिक प्रतिवेदनमा आएका सुझाव समेटिएको छ ।

प्रकाशित मिति: Jul 4, 2022

प्रतिक्रिया दिनुहोस्