Logo
१२ बैशाख २०८१, बुधबार
(July 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हत्या गरेको अभियोगमा एक जना पक्राउ

कमलामाई नगरपालिका–६ धुरा बस्ने सुमन बिकको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घ्याङलेख गाउँपालिका–३ तामाजोर बस्ने ३५ वर्षीया मायारानी थिङ रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

सोही नगरपालिका–६ लोकतान्त्रीकचोक नजिक डाँफे होटल एण्ड लजमा दुई जनाबिच झै–झगडा हुँदा मायारानीले सुमन बिकको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: Jul 4, 2022

प्रतिक्रिया दिनुहोस्