Logo
१२ बैशाख २०८१, बुधबार
(July 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाङमा टेम्पोको ठक्करबाट एक जनाको मृत्यु

दाङको लमही नगरपालिका–५ वयलडाँडामा गएराती टेम्पोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय राजकुमारी चौधरी रहेकी छिन् ।

टेम्पोको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा चौराहा अस्पताल बुटवलमा आज बिहान पौने ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

लमहीबाट गढवातर्फ जाँदै गरेको रा १ स ३४५० नम्बरको टेप्मोले गएराती साढे ९ बजे सडक पार गर्दै गरेकी महिलालाई ठक्कर दिएको थियो । टेम्पो चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति: Jul 4, 2022

प्रतिक्रिया दिनुहोस्