Logo
१५ चैत्र २०८०, बिहीबार
(July 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओन्टारियोसँग टी-२० खेल खेल्दै नेपाल

दुई एकदिवसीय श्रृंखलाको लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार ओन्टारियो क्रिकेट क्लबविरुद्ध दोस्रो अभ्यास खेल खेल्दै छ ।

खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । खेल टी–२० फर्म्याटमा हुनेछ । यसअघि नेपालले ओक्टारियोसँग एकदिवसीय अभ्यास खेल खेलेको थियो । अघिल्लो खेलमा नेपाल ६९ रनले विजयी भएको थियो ।

पूर्व तालिकाअनुसार ओन्टारियोसँग एक खेल खेल्ने कार्यक्रम रहेको थियो । तर, क्यानले आपसी समझदारीमा दुई खेल हुने तय भएको बताएको हो ।

यसपछि सन्दीप लामिछानेको कप्तानीमा नेपालले टिमले क्यानडासँग दुई एकदिवसीय श्रृंखला खेल्नेछ । पहिलो खेल ४ जुलाई र दोस्रो ५ जुलाईमा रहेको छ ।

त्यसलगत्तै नेपाली टिम स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक श्रृंखला खेल्न स्कटल्यान्ड प्रस्थान गर्नेछ । जहाँ घरेलु टोली स्कटल्यान्ड, नेपाल र नामिविया भिड्नेछन् ।

 

प्रकाशित मिति: Jul 3, 2022

प्रतिक्रिया दिनुहोस्