Logo
१३ बैशाख २०८१, बिहीबार
(July 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

च्यास्मीटारमा बन्यो महिला कृषि सहकारी संस्थाको भवन

हरेक वडामा महिला कृषि सहकारी स्थापना गर्ने अभियानअन्तर्गत खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारमा महिला कृषि सहकारी संस्थाको भवन निर्माण गरिएको छ ।

वडा कार्यालयको तीन लाख र नगरपालिकाको नाै लाखको लागतमा दुई कोठे एक तले भवन निर्माण गरिएको हो ।

कृषि सहकारीको संस्थागत प्रयोजनका लागि बनाइएको भवन शनिबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश राउतले उद्घाटन गरेका छन् ।

नगरपालिकाको ‘एक वडा एक महिला कृषि सहकारी’ स्थापना गर्ने अभियानअन्तर्गत स्थापना गरिएको महिला सहकारी समूहले आफ्नै भवन निर्माण गरेको हो ।

भवनको एक कोठा प्रशासनिक र अर्को कोठा सभाहलका रूपमा उपयोग गरिने सहकारीले जनाएको छ । सहकारीको भवन निर्माणका लागि समुहले गत तिहारमा टोलटोलमा पुगेर देउसी कार्यक्रम पनि सञ्चालन गरेको थियो ।

भवन उद्घाटनका क्रममा मेयर राईले सहकारीमा आवद्ध गर्भवती र सुत्केरीको पोषण तथा जिविकोपार्जन कार्यक्रमका लागि ६ लाख २५ हजारको चेक हस्तान्तरण गरेकी छन् ।

सोही कार्यक्रमका वडाका १०३ ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको छ । यस्तै, ‘बालिका बचत’ कार्यक्रम अन्तरगत ९ बालिकालाई रकमको भौचर हस्तान्तरण गरिएको छ ।

नगरमा आर्थिक वर्ष २०७७/०७८ यता जन्मिएका छोरीको नाममा खाता खोलेर र ३ वर्षको उमेर पुग्दासम्म बार्षिक ४ हजारका दरले खातामा रकम जम्मा गरिदिनेगरी ‘बालिका बचत’ कार्यक्रम सञ्चालन भइरहेको छ ।

 

प्रकाशित मिति: Jul 3, 2022

प्रतिक्रिया दिनुहोस्