Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनसँग कुरा गरे

 

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेका छन् ।

यस क्रममा उनले युक्रेनको वर्तमान अवस्थालाई लिएर भारतको अडान फेरि एकपटक स्पष्ट गरे र साथै, उनले युद्ध रोक्न संवाद र कूटनीतिको वकालत गरे ।

नेताहरूले विश्वव्यापी र द्विपक्षीय विषयमा वार्ता जारी राख्ने विषयमा पनि कुराकानी गरेका थिए ।
वार्तामा द्विपक्षीय व्यापारमा कृषि उत्पादन, मल र औषधिजन्य उत्पादनलाई प्रवद्र्धनमा जोड दिएको र यसैसँगै ऊर्जा र विश्व खाद्य बजारलगायतका धेरै विषयमा छलफल भएको थियो ।

युक्रेन युद्ध सुरु भएदेखि नै भारतले संयुक्त राष्ट्रसंघदेखि हरेक मञ्चमा वार्ताको वकालत गर्दै आएको छ र यस अवधिमा भारतले संयुक्त राष्ट्र संघमा रुसको तर्फबाट र ल्याइएको कुनै पनि विधेयकलाई समर्थन गरेन ।

भारतले पश्चिमी देशहरूले दिएको धम्की र प्रतिबन्धलाई पनि बेवास्ता गरेको र यस अवधिमा भारतले रुसबाट ठूलो मात्रामा कच्चा तेल आयात गरेको छ ।

 

प्रकाशित मिति: Jul 1, 2022

प्रतिक्रिया दिनुहोस्