Logo
७ बैशाख २०८१, शुक्रबार
(July 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै

अविरल वर्षका कारण भलपानीको बाढी पसर प्रभावित बनेको निजगढको जनजीवन सामान्य बनेको छ । वर्ष रोकिएर बाढी र डुवान घटेपछि जनजीवन समान्य बन्दै गएको हो ।

अघिल्ला दुई दिनदेखिको लगातार वर्षपछि आएको बाढी पसेर इलाका प्रहरी कार्यालय निजगढको मेससहित पूर्वपश्चिम लोकमार्गको सहिद चोक क्षेत्रलगायत विभिन्न स्थानका घर, पसल र कार्यालय डुवानमा परेका थिए ।

भलपानीको बाढीले निकास नपाउँदा घर तथा पसल र कार्यालय डुवानमा परेका हुन् । बाढीले निजगढ नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ का दर्जनौं घर डुवानमा परेका थिए । बाढीका कारण सहिद चोकबाट राजमार्गको पूर्वतर्फको लच्कासम्मको क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको थियो ।

बाढी पसेर इलाका प्रहरी कार्यालय निजगढको मेसमा रहेको भाँडाकुँडा बगाएको प्रहरी निरीक्षक सञ्जीव ओलीले जानकारी दिए । बाढी र डुवानले मेस सञ्चालन गर्न नसकिएपछि प्रहरी कार्यालयका प्रहरीलाई निजगढ बजारको एक होटलमा लगेर खाना खुवाइएको निरीक्षक ओलीले जानकारी दिए ।

कार्यालयको मूलगेटबाटै बाढी पस्न थालेपछि प्रहरीहरूले बालुवाको बोराको बाँध बनाएर नियन्त्रण गरेका थिए । तर भवनको पछाडिपट्टिबाट पसेको बाढीले चौकीको मेस डुवानमा पारेको र सामग्री बगाएको हो ।

निजगढ नगरपालिकका नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ, वडा नम्बर ७ का अध्यक्ष टेकबहादुर लामा, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालसहितको टोलीले पूर्वपश्चिम लोकमार्गको प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गरेको थियो ।

प्रकाशित मिति: Jul 1, 2022

प्रतिक्रिया दिनुहोस्