Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपा केन्द्रीय कार्यसमिति बैठक असार २७ मा वीरगन्जमा बस्ने

जनता समाजवादी पार्टीले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक वीरगन्जमा बस्नेगरी असार २७ गतेका लागि बोलाइएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए ।

बैठक दुई दिनसम्म चल्ने छ । पार्टीभित्रको विवाद चुलिएपछि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हो ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले हालै सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेका थिए । नयाँ मन्त्रीलाई पठाउने गरी मन्त्री फिर्ता बोलाएका यादवले कारबाहीको अधिकार पनि आफैँले राखेका थिए ।

उनको निर्णयप्रति बाबुराम भट्टराई खेमाका नेताहरुले विरोध गर्दै आएका छन् । यहीबीचा जसपाको बैठक बोलाइएको हो ।

 

प्रकाशित मिति: Jun 30, 2022

प्रतिक्रिया दिनुहोस्