Logo
८ बैशाख २०८१, शनिबार
(June 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमतीले महँगीको कारण भाडामा राखिन् श्रीमान्

पैसा कमाउने उद्देश्यले एक महिलाले आफ्नो श्रीमानलाई नै ‘भाडा’ मा राखेकी छिन् । बढ्दो महँगीसँग जुध्नका लागि आफूले यस्तो गरेकी ती महिलाले स्पष्टिकरण पनि दिएकी छिन् ।

श्रीमानलाई भाडामा राख्नका लागि सुरुमा ती महिलाले एउटा वेबसाइट सुरु गरिन् र त्यसको प्रचारका लागि फेसबुकमा एउटा अभियान पनि चलाइन् ।

उनले यसको नाम ‘हायर माई ह्यान्डी हब्बी’ सर्भिस राखेकी छिन् ।यस्तो रोचक घटना बेलायतको हो । महिलाको नाम हो – लौरा ।

आफूलाई यो आइडिया एक पोडकास्ट सुनेर आएको लौराले बताएकी छिन् । उनले पोडकास्टमा एउटा यस्ता व्यक्तिबारे थाहा पाइन् जसले मानिसहरुको घरको साधारण काम गरेर आफ्नो जीविकोपार्जन गरिरहेका थिए ।

त्यसपछि लौराले ४१ वर्षका आफ्ना श्रीमानलाई पनि यस्तै खालको काममा लगाउन सकिन्छ कि भन्ने सोच बनाइन् । लौराका अनुसार उनका श्रीमान् जेम्स असाध्यै क्षमतावान् छन् र उनी कुनै पनि ‘डु इट योरसेल्फ’ (डिआइवाइ) प्रोजेक्ट पुरा गर्न सक्छन् ।

लौराले भनिन्, ‘जेम्सले बकिङघमशायरमा भएको उनको घरको पूरै रङ रुप फेरिदिएका छन् । उनले आफ्नै डिजाइनमा बेड पनि बनाएका थिए । यसमध्ये एउटा ९ इन्च चौडा फेमिली बेड पनि थियो । जेम्सले किचेन पनि सेट गरेका थिए र काम नलाग्ने सामानबाट एउटा डाइनिङ टेबल पनि बनाएका थिए ।’

लौराले भनिन्, ‘उनी घरेलु र गार्डनको काममा माहिर छन्, त्यसैले उनको क्षमता किन प्रयोग नगर्ने ? उनलाई भाडामा किन उपलब्ध नगराउने ?’

लौराले त्यसपछि ‘रेन्ट माई ह्यान्डी हसबेन्ड’ नामबाट एउटा वेबसाइट सुरु गरिन् । उनले फेसबुक र एक चर्चित एप नेक्स्टडोरमार्फत् यसको प्रचार पनि गराइन् । यसमा आइरहेका प्रतिक्रिया देखेर उनी जिल परिन् ।

जेम्स पहिला एक वेयरहाउसमा काम गर्दथे । उनले २ वर्ष अघि आफ्नो काम छोडेका थिए । किनभने उनका तीन सन्तानमध्ये दुई ‘अटिस्टिक’ नामको डिसअर्डरबाट ग्रसित छन् र उनी आफ्ना सन्तानको हेरविचारमा लौरालाई सहयोग गर्न चाहन्थे ।

लौराका अनुसार जेम्स मोटर मेकानिक्सको पढाईका लागि पुनः कलेज जान तयारी गरिररहेका छन् । उनी पढ्दै गर्दा पनि काम गरिरहनेछन् ताकि आम्दानी प्रभावित नहोस् । लौराले भनिन्, ‘हामीले एउटा घरबाट लगभग ४ हजार पाउँछौँ र कुनै पनि काम सानो हुँदैन ।’

उनलाई भित्तामा टिभी फिट गर्नेदेखि पेन्ट गर्नेसम्मका काम आउँछन् । उनले भनिन्, ‘हामी भिन्न रुपमा सक्षम, कसैको हेरविचार गरिरहेका र ६५ वर्षमाथिका व्यक्तिलाई डिस्काउन्ट पनि दिन्छौँ ।’

प्रकाशित मिति: Jun 30, 2022

प्रतिक्रिया दिनुहोस्