Logo
११ बैशाख २०८१, मंगलबार
(June 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तेस्राे नेपाल इस्पोर्टस् च्याम्पियनसिप अर्को साता

नेपाल इस्पोर्टस् संघको आयोजनमा तेस्राे नेपाल इस्पोर्टस् च्याम्पियनसिप २३-२५ असारसम्म आयोजना हुने भएको छ ।

पहिलो र दोस्राे संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको संघले तेश्रो संस्करण आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको हो ।

छोटो समयमा नै विश्वका युवाहरू माझ लोकप्रिय खेल इस्पोर्टस् नेपालमा पनि पछिल्लो समय युवाहरु माझ निकैनै रुचाइएको खेलमा पर्दछ ।च्याम्पियनसिपमा पाँच विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

आयोजक संघका अध्यक्ष सुरज डङ्गोलले च्याम्पियनसिपका प्रतियोगिताहरु संचालन भइसकेको र २३ असारदेखि फाइनल खेलहरू आयोजना हुने जानकारी दिए ।

जसमा डोटा २ मा ८ टिमका ४३ खेलाडीहरूले सहभागिता जनाएकोमा बेडोज र टेन्जीकु ग्याङ्ग, सिएस गोमा २ टिम लेजन र ख्याकका ११ खेलाडीहरू, एमएलबीबीमा १७ स्क्वाडका १०५ खेलाडीहरुले सहभागिता जनाएकोमा पिङ्गपङ्ग र एभेन्जर्स, टेकेन ७ मा ३ खेलाडीहरू रहेकोमा ब्रोरोच र दुर्गेसिंह १७ र पब्जीमा ५७ स्क्वाडमा २८४ खेलाडीहरूबीच प्रतिस्पर्धा भइरहेको र १६ स्क्वाडकाबीच १६ असारसम्म सेमिफाइनलका प्रतिस्पर्धा भइरहेको अध्यक्ष डङ्गोलले जनाएका छन् ।

च्याम्पियनसिप इन्डोनेसियाको बालीमा आयोजना हुने १४ औं विश्व इस्पोर्टस् च्याम्पियनसिप २०२२ को छनोट प्रतियोगितासमेत रहेको छ । विजयी खेलाडी तथा टिमले दक्षिण एसियाली क्षेत्रीय च्याम्पियनसिपमा छनोट भएपश्चात विश्व च्याम्पियनसिपमा सहभागिता जनाउनेछ ।

प्रकाशित मिति: Jun 29, 2022

प्रतिक्रिया दिनुहोस्