Logo
१२ बैशाख २०८१, बुधबार
(June 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेँसीशहर – चामे सडक अवरुद्ध

लगातारको वर्षाका कारण मनाङ जाने एक मात्र सडक बेंसीसहर-चामे खण्ड अवरुद्ध भएको छ ।

बेंसीशहर नगरपालिका-६ उत्तीसघारीको खरखरेमा पहिरो गएको छ । पहिरोका कारण मर्स्याङ्दी गाउँपालिका-९, खुदीवारिको घनपोखरा र लामागाउँ जाने सडक अवरुद्ध भएको छ ।

खुदीबजारबाट गाउँपालिकातर्फ जाने सडक माथिल्लो मर्स्याङ्दी ‘ए’ को वारिपट्टी पनि पहिरो गएको छ । मनाङतर्फ म्यार्दी भिरमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।

डुम्रे–बेंसीशहर–चामे सडक योजना प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार मंगलबार साँझदेखिको वर्षाका कारण मनाङ जोड्ने सडक ठाउँठाउँमा पहिरोले क्षति पुर्‍याएको छ ।

मनाङतर्फको बाटो खुलाउने प्रयास भइरहेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले बताए ।

प्रकाशित मिति: Jun 29, 2022

प्रतिक्रिया दिनुहोस्