Logo
१२ बैशाख २०८१, बुधबार
(June 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धामी ,झाँक्री जातीय विभेद अन्त्यको अभियानमा

धामी, झाँक्री ,सामाजिक अभियान्ताले जातीय छुवाछुत अन्त्यका लागि पहल गर्ने बताएका छन् । भेरी नगरपालिकाका सबै वडाहरूबाट सदरमुकाम आएका धामी, झाँक्रीले जातीय विभेद नगर्ने र गरेको थाहा पाए सचेतना जगाउन भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष निरौलाले बताए ।

भेरी नगरपालिकाको जातीय विभेद अन्त्य गर्ने भन्दै बिभिन्न कार्यक्रम जारी राखेको समयमा प्रहरीले समेत यसमा विशेष चासो राखेको छ । भेरी नगरपालिकाका उपप्रमुख सिता जैसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहभागी सबैले जातीय विभेद नगर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । नागरिक अगुवा राजेन्द्रविक्रम शाहले जातीय विभेद अन्त्य गर्नका लागि समाजको चेतनास्तर माथि उठ्नुपर्ने बताए ।

समाज रहेका धामी ,झाँक्री ,सामाजिक अभियानता सहित सबैले जातीय विभेद अन्त्यका लागि साझा अभियानका साथ अगाडि बढाउने साझा प्रतिवद्धता भएको प्रहरीको भनाइ छ । प्रहरीले योभन्दा अगाडि सबै वडाहरूमा जातीय विभेदकाबारेमा कार्यक्रम गरि सचेतना जगाउने काम गरिसकेको छ ।

सबै वडाहरूमा कार्यक्रम पश्चात सदरमुकाममा वडाबाट आएका अगुवासँग छलफल गरि साझा प्रतिवद्धता व्यक्त गर्न लगाएको हो । जातीय विभेदका मुद्दाहरू पछिल्लो समय कम आउने गरेको डिएसपी निरौलाले बताए ।

प्रकाशित मिति: Jun 29, 2022

प्रतिक्रिया दिनुहोस्