Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एन्फाका नवनिर्वाचित कार्यसमितिलाई कतार एफएको बधाई तथा शुभकामना

अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित पदाधिकारलाई फिफा विश्वकप २०२२ आयोजक राष्ट्र कतारको फुटबल संघले बधाई तथा शुभकामना दिएको छ ।

६ असारमा भएको एन्फा चुनावी साधारण सभामा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएका थिए ।

उनलाई बुधबार पत्र काट्दै कतार एफएले सफल कार्यकालको शुभकामनासहित सहकार्य गर्न तयार भएको प्रतिक्रिया दिएको हो ।

कतार एफएले पंकज अध्यक्षमा निर्वाचित भएको नौ दिनपछि बधाई शुभकामना दिएको थियो । निर्वाचनमा पंकज पक्षको बहुमत भए पनि क्लिन स्विप भने गर्न असफल भयो । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पंकज समूहबाट निर्वाचित भएका थिए ।

हाल कतार एफएले नेपाललाई सहिद स्मारक ए डिभिजन लिगको स्पोन्सर र नेपाली राष्ट्रिय फुटबल टोलीको कतारमा तयारी व्यवस्थासहित चोट बाकेका खेलाडीको अस्पेटार अस्पतालमा उपचार गराउन सहयोग गर्दै आएको छ ।

यस्तै, कतारले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई समेत नेपालमा अनुदानमा प्रशिक्षण दिन पठाएको छ ।

 

प्रकाशित मिति: Jun 29, 2022

प्रतिक्रिया दिनुहोस्