Logo
१३ बैशाख २०८१, बिहीबार
(June 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयरिङ लभ नेपालले स्टेशनरी समान वितरण

 सिन्धुपाल्चोकमा सेयरिङ लभ नेपालले १५० जना विधार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेको छ ।

आइतबार सिन्धुपाल्चोकको कोठे ७ सुनकोशी गाँउपालिकामा रहेको जल्पा माध्यमिक विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको हो ।

सेयरिङ लभ नेपालका अध्यक्ष समिर श्रेष्ठले विद्यालयमा भएका विद्यार्थीलाई स्टेशनरी सामाग्री कापि किताब, पेन पेन्सिल, चाउचाउ, बिस्कुट, साबुन, सरफ र खेलकुदका साम्राग्रीहरु वितरण गरिएको बताए ।

जाल्पा माध्यमिक विधालयमा दायनिय अवस्था रहेका ५ जना विद्यार्थीलाई सेयरिङ लभ नेपाल सामाजिक संस्थाले १ देखि १० कक्षा सम्म विधार्थीको लाग्ने सबै शुल्क तिरिदिने घोषणा गरेको छ ।

विद्यालयको शैंचालय अवस्था जिर्ण देखिएकोले सेयरिङ लभ नेपालले विभिन्न सहयोग गर्नुका साथै शौचालयको अवस्था हेरेर नयाँ तरिकाले बनाउने घोषणा समेत गरिएको छ ।

यस संस्थाले विगत ४ बर्ष देखि सामाजिक कार्यहरु गर्दै आएको छ । साथै विधार्थीहरुको लागी स्टेशनरी समानहरु वितरण गरि रहेको छ ।

प्रकाशित मिति: Jun 28, 2022

प्रतिक्रिया दिनुहोस्