Logo
१५ चैत्र २०८०, बिहीबार
(June 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेरो श्रीमती र छोरा भएर मात्रै केन्द्रीय सदस्य भएका होइनन् : वामदेव गौतम

नेकपा राष्ट्रिय एकता पार्टी (प्रस्तावित) का संयोजक वामदेव गौतमले आफ्नो छोरा र श्रीमती केन्द्रीय कमिटीमा रहनुलाई उनीहरूले गरेको कम्युनिष्ट आन्दोलनको परिणम भएको बताएका छन् ।

पार्टी घोषणा कार्यक्रममा उनले आफ्नै श्रीमती र छोरा मात्रै भएर केन्द्रीय सदस्य नभको दाबी गरे । उनले भने, ‘उनीहरू केन्द्रीय कमिटीमा छन् तर मेरो श्रीमती र छोरा भएर मात्रै होइनन् । मेरो सिंगो परिवार कम्युनिष्ट आन्दोलनमा छ ।’

कार्यक्रममा उनले आफैले स्थापना गरेको कम्युनिष्ट पार्टीले धेरै ठूला नेता जन्माएको पनि बताए । साथै, आफ्नै सक्रियतामा निकै ठूला ठूला राजनीतिक परिवर्तन ल्याएको दाबी गरे ।

प्रकाशित मिति: Jun 28, 2022

प्रतिक्रिया दिनुहोस्