Logo
१३ बैशाख २०८१, बिहीबार
(June 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा ट्रकसँग रेल ठोक्कियो

अमेरिकाको मिसौरीमा फोहोरले भरिएको ट्रकसँग रेल ठोक्किदा ३ जनाको मृत्यु र ५० भन्दा बढी यात्रु घाइते भएका छन् ।

एक अधिकारीका अनुसार मृत्यु हुनेमा दुई यात्रु र ट्रक चालक रहेका छन् भने एमट्रक मिडिया सेन्टरका अनुसार ट्रेनमा २४३ यात्रु थिए। सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेको संख्या बढ्न सक्छ ।

ट्रक कन्सास शहरबाट १०० माईल पूर्वमा रहेको मेन्डनको रेलमार्गमा पार्क गरिएको र ट्रेन लस एन्जलसबाट शिकागो जाँदै थियो।

स्थानीय अधिकारीहरूले यात्रुहरूलाई मद्दत गरिरहेका छन् र घटना प्रतिक्रिया टोली सक्रिय गरिएको छ ।

घटनास्थलमा उद्धार कार्य जारी छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्रकाशित मिति: Jun 28, 2022

प्रतिक्रिया दिनुहोस्