Logo
८ बैशाख २०८१, शनिबार
(June 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जैशीदेवलका तेक्वान्दो खेलाडी इन्डिया ओपनमा

जैशीदेवल तेक्वान्दो डोजाङका खेलाडीले इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । सो प्रतियोगता १७ देखि १८ असारसम्म हुन छ ।

जैशीदेवल युथ क्लबद्वारा सञ्चालित जैशीदेवल तेक्वान्दो डोजाङले मंगलबार अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने ११ खेलाडीसहित १४ जनाको टिमलाई शुभकामनासहित बिदाइ गर्‍यो ।

नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकी, जैशीदेवल युथ क्लबका अध्यक्ष तथा तेक्वान्दो प्रशिक्षक राजेश प्रजापतिलगायत अन्य पदाधिकारीले सो टिमलाई शुभकामनासहित बिदाइ गरे । नेपाली टिम मंगलबार नै भारतको असाम प्रस्थान गर्ने छ ।

सो प्रतियोगितामा जुनियरतर्फ सुरेश हाङ लिम्बू, राहुल लिम्बू, राजीव गुरुङ, सन्देश राई, रोजन प्रजापति, झरना थापा मगर, आस्ना राना मगर, सोनी बानियाँ तथा क्याडेड इभेन्टमा समर लामा, मुबिक्क्षा गजुरेल र समर्थध्वज जोशीले प्रतस्पर्धा गर्नेछन् । प्रशिक्षमा अन्जित राई, टिम व्यवस्थापकमा रमेश प्रजापति र अफिसयलमा भरत कारञ्जित छन् ।

प्रकाशित मिति: Jun 28, 2022

प्रतिक्रिया दिनुहोस्