Logo
१२ बैशाख २०८१, बुधबार
(June 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोटेश्वरमा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार

काठमाडौंको कोटेश्वरमा हिजो बेलुकी माइक्रोबासको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुने पैदलयात्री स्याङजाको थुङचुङगढीका अन्दाजी ५२ बर्षीय देउ कुमार सेन रहेका छन् ।

पैदलायात्रीलाई ठक्कर दिएर माइक्रो बस अनियन्त्रीत भई ट्रकसंग ठोक्किएको थियो । दुर्घटनामा एक जना घाइते भएका छन् ।

माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएका सेनको उपचारको क्रममा ग्वार्को स्थित वि एण्ड वि अस्पतालमा बेलुकी पौने ९ बजे मृत्यु भएको हो ।

घाइते भएका माइक्रोका परिचालक रामेछापको मन्थली नगरपालिका–९ घर भई हाल ललितपुरको कुमारीपाटी बस्ने अन्दाजी २३ बर्षीेय विमल सुनुवारको बानेश्वर स्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

बा२ख १२३१ नम्बरको जम्बो माइक्रो बसले हिजो बेलुकी पौने ८ बजे पैदलयात्री सेनलाई ठक्कर दिई अनियन्त्रीत भई बालकुमारीबाट कोटेश्वर तर्फ आउदै गरेको प्रदेश ३–०१–००६ख ०२९५ नम्बरको ट्रकमा ठोक्किएको थियो ।

दुर्घटना लगतै फरार भएका माइक्रोबसका चालकको खोजी भइरहेको छ ।

प्रकाशित मिति: Jun 28, 2022

प्रतिक्रिया दिनुहोस्