Logo
१३ बैशाख २०८१, बिहीबार
(June 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

DID-5 छ को विजेता ९ वर्षीय नोबोजितले भने : सपनामा देखेको सबै कुरा पुरा भयो

टिभीको लोकप्रिय रियालिटी शो डान्स इन्डिया डान्स लिटिल मास्टर्स सिजन ५ को ग्रान्ड फिनाले २६ जुनमा भएको थियो, जसमा ९ वर्षीय नोबोजित नरजारी शोको विजेता बनेका थिए।
नोबोजितले अप्पन, सागर, आध्याश्री र इशितालाई हराउँदै फाइनलको उपाधि जितेका थिए । जसमा अप्पन फस्ट रनर अप र आध्याश्री सेकेन्ड रनरअप भइन् ।
जुग जुग जियोको सम्पूर्ण स्टारकास्ट पनि फिनालेमा देखियो । यस क्रममा वरुण धवन, कियारा आडवाणी, अनिल कपुर, मनीष पल र प्राजक्ता कोलीले स्टेजमा धमाका मचाएका थिए ।

शो जितिसकेपछि नोबोजितले भने “यो शोले मलाई सपनामा देखेको सबै कुरा दियो । यस रियालिटी शोले धेरै प्रतिभाशाली प्रतियोगीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने मौका दियो र म आफ्नो नृत्य कौशल सबैसँग साझा गर्न पाउँदा खुसी छु । मैले आफ्नो सिप देखाई मन जित्न सके । मैले यो बिन्दुमा पुग्न कडा मेहनत गरेको छु र हरेक हप्ता हृदयदेखि नाचिरहेको छु ।”

नोबोजितले थप “मेरो कप्तान वैभव र निर्णायकहरू ( रेमो सर, मौनी रोय र सोनाली म्यामले ) मलाई धेरै सिक्न र बढ्न मद्दत गर्नुभयो । म उनीहरूको समर्थन र प्रोत्साहनको लागि धेरै आभारी छु । म भन्न चाहन्छु कि DID लिटिल मा मैले धेरै नयाँ साथीहरू बनाएको छु र अब म यी सबै रिहर्सल, रमाइलो र जोकहरू मिस गर्नेछु , जबकि म विश्वस्त छु कि यो लोकप्रिय रियालिटी शो जितिसकेपछि मेरो जीवनमा धेरै राम्रा चीजहरू हुने छन्। ।”

प्रकाशित मिति: Jun 27, 2022

प्रतिक्रिया दिनुहोस्