Logo
१२ बैशाख २०८१, बुधबार
(June 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तत्काल विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन योगेश भट्टराईको माग

एमाले सांसद योगेश भट्टराईले तत्काल विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन माग गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भट्टराई प्रदेशस्तरमा ३० प्रतिशत पनि पाठ्यपुस्तक नपुगेको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराउँदै तत्काल किताब उपलब्ध गराउन माग गरेका हुन् ।

काठमाडौंकै दरबार हाइस्कुलमै पाठ्यपुस्तक नपुगेको भन्दै उनले यसबाट अध्ययन र अध्यापनमा अवरोध सृजना गरेको बताए ।

संसदमा शिक्षामन्त्रीले १५ दिनमै पाठ्यपुस्तक पुर्‍याउनु प्रतिबद्धता जनाएको स्मरण गराउँदै उनले सोमबार १५ दिन पुग्ने भए पनि हालसम्म पाठ्यपुस्तक विद्यालयमा पु¥याउने काम नभएको बताए ।

पाठ्यपुस्तक नहुँदा विद्यार्थी विद्यालय नजाने र अध्यापनमा समस्या भएको भन्दै उनले तत्काल पाठ्यपुस्तक उपलब्ध गराएर सहज रुपमा अध्ययन र अध्यापनको वातावरण बनाउन सरकारसँग माग गरे ।

प्रकाशित मिति: Jun 26, 2022

प्रतिक्रिया दिनुहोस्