Logo
४ बैशाख २०८१, मंगलबार
(June 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं वर्ल्ड स्कुलको ओपन हाउसमा रमाए एसइइका विद्यार्थी

काठमाडौं वर्ल्ड स्कुल गुण्डु भक्तपुरले शनिबार आयाेजना गरेको एकदिने ओपन हाउस २०२२ कार्यक्रममा विद्यार्थीहरू रमाएका छन् । एसइइ दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आयाेजना गरेको कार्यक्रममा विद्यार्थीहरु विशेष गरेर कन्सर्टमा रमाएका हुन् । एसइइ दिएर बसेका विद्यार्थीलाई परीक्षापछिको दिशानिर्देश दिनुका साथै मनारञ्जन दिलाउन कार्यक्रमको आयोजना गरिएको थियो ।

काठमाडौं वर्ल्ड स्कुलकी मार्कटिङ एन्ड एडमिसन प्रमुख आरति आचार्यले कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुरसहित उपत्यका बाहिरका विभिन्न जिल्लाका विद्यार्थीहरू सहभागी भएको बताइन् । उनका अनुसार बिहान १० देखि साँंझ ५ बजेसम्म करिब एक हजार विद्यार्थी सहभागी भएका थिए । एसइइ दिएर बसेका विद्यार्थीलाई प्रवेश पत्रको आधारमा निःशुल्क प्रवेश गराइएको थियो ।

कार्यक्रममा सहभागी हुन काठमाडौ, ललितपुर र भक्तपुरबाट आउन चाहने विद्यार्थीलाई निःशुल्क बसको व्यवस्था गरिएको थियो । काठमाडौंका लागि बानेश्वर, ललितपुरका लागि लगनखेल र मध्यपुर थिमि भक्तपुरका लागि थिमि चोकमा बिहान १० बजे गाडीको व्यवस्था थियो । भक्तपुरको पाण्डुबजारबाट भने दिनभरि नै प्रत्येक आधाआधा घन्टाकाे फरकमा स्कुलले गाडीको व्यवस्था गरेको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीलाई एसइइपछि के पढ्दा उपयुक्त हुन्छ भने जानकारी गराइएको थियो । साथै उनीहरूलाई विभिन्न तरिकाबाट मनोरञ्जन दिलाइएको थियो ।

कार्यक्रममा सहभागी हुन भक्तपुरको जितपुरबाट आएकी सन्ध्या घोरसाइनीले स्कुलको भौतिक संरचना राम्रो लागेको बताइन् । उनले यहाँंका भव्य भौतिक संरचनाले आफूलाई आकर्षित बनाएको उल्लेख गरिन् । भक्तपुरकै सल्लाघारीस्थित सैनिक आवासीय माध्यमिक विद्यालयबाट एसइइ दिएर बसेका उनी स्कुलमा अध्ययनका लागि बुझ्न सहभागी भएको बताइन् ।

स्कुल भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुमा छ । यो ठाउँं अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक चोकबाट करिव दुई किलोमिटर दक्षिण गुण्डु चोक जाने बाटैमा पर्छ । यहाँं पुग्न कालोपत्रेसहितको फराकिलो बाटो छ । ठूलो क्षेत्रफलमा फैलिएको यो ठाउँंमा स्कुलका दर्जनौ भव्य भवन छन् ।
कार्यक्रममा सहभागी हुन महोतरीबाट आएकाे बताउने रोशनकुमार महराले गाउँंमै एसइइ दिएको र अब यो स्कुलमा पढ्न चाहेको बताए । यसैका लागि आफू कार्यक्रममा सहभागी हुन आएको उनले बताए । आफूले मनोरञ्जनमा भन्दा पनि कलेजको पढाइको बारेमा बुझेको उनले सुनाए ।

प्रकाशित मिति: Jun 26, 2022

प्रतिक्रिया दिनुहोस्