Logo
११ बैशाख २०८१, मंगलबार
(June 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ह्विलचियर पाएपछि अपाङ्गता भएकाहरूले यस्ता देखे सपना

जन्मजात अपाङ्गता भएका बर्दिवास–४ का दिलबहादुर राई ह्विलचियर पाएपछि निकै खुशी देखिन्थे । अब दैनिकी केही सहज होलाकी भन्ने आश उनको अनुहारमा प्रष्ट देखिन्थ्यो । उनी न सुन्न सक्छन् न त हिँडडुल नै गर्न सक्छन् । वरपर गर्न समेत अरुको पूर्ण साहारा अवश्यक पथ्र्यो ।

गौरिवास–काठमाडौं समाज र उपकार सेवा नेपालले दिलबहादुरलाई बुधरबार घरमै पुगेर ह्विलचियर प्रदान गरेको हो । अब घर वरपर आवतजावत गर्न अर्काको भर नपर्ने उनी बताउँछन् । आर्थिक रुपमा निक्कै कमजोर राईले गियरसहितको ह्विलचियर पाएपछि निकैबेर सुमसुम्याए र फटाफट चढेर हिँडे । गौरीवास–काठमाडौं समाजको सक्रियतामा उनीजस्तैं १० जनाले ह्विलचियर पाएका छन् ।

बर्दिबास–५ का प्रनिल गौतमले ह्विलचियर पाएपछि टाढा टाढासम्म घुम्न जाने सपना पूरा हुने अवस्थामा आएको बताए । मुख्य सडकमा ह्विलचियर चलाउँदै आफूजस्तै अपाङ्गता भएका साथीहरू गुडिरहेको देख्दा प्रनिल पनि यस्तै भइदिए हुने भनेर कल्पिन्थे । ‘गौरिवास–काठमाडौं समाज र उपकार सेवाले हाम्रो सपना साकार पारिदिएको छ,’ उनले भने ।

प्रनिल र दिलबहादुर जस्तै सन्दीप वाइवा, दीपा जोशी, रामकिसन महतो, भोटे बम्जन, मनमाया, अशोक सिंताङ्ग, विष्णुमाया र अम्बिका थिङ्गले ह्विलचियर पाए । नगरभरीका १० जनाले ह्विलचियर पाएपछि अभिभावकहरू समेत खुसी भएका छन् ।

‘शरीरिकरूपमा अपाङ्गा भोगिरहेकाहरूको मार्कालाई मध्यनजर गर्दै ह्विलचियर प्रदान गर्ने निर्णय गरेका हौँ ।’ गौरीवास–काठमाडौं समाजका अध्यक्ष कृष्ण घिमिरेले भने ।
सर्पले डसेका बिरामी र अन्य रोग तथा इमर्जेन्सी उपचारका लागि सर्पदंश उपचार केन्द्र बर्दिबासलाई समेत समाजले एम्बुलेन्स प्रदान गरेको छ ।

यसअघि पनि गौरीवास–काठमाडौं समाजले नै बर्दिबास–३ का किसानहरूलाई बाँदरले दुःख दिएको भन्दै माहावीर पुनको आविष्कार केन्द्रबाट बाँदर धपाउने यन्त्र समेत ल्याएर वितरण गरेको थियो ।

प्रकाशित मिति: Jun 23, 2022

प्रतिक्रिया दिनुहोस्