Logo
१३ बैशाख २०८१, बिहीबार
(June 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेडिया मुगल रुपर्ट मर्डोक र जेरी हलबीच सम्बन्धबिच्छेदकाे तयारी

मिडिया मुगल रुपर्ट मर्डोक र अभिनेत्री जेरी हलले सम्बन्धविच्छेदको तयारी गरेका छन् । यस विषयमा परिचित दुई व्यक्तिलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यम न्यूयोर्क टाइम्सले उनीहरुको सम्बन्ध बिच्छेदको तयारी भएको जनाएको हो । मर्डोकले मार्च २०१६ मा सेन्ट्रल लन्डनमा हलसँग विवाह गरेका थिए । मर्डोकको यो चौथो पटक सम्बन्ध बिच्छेद हो ।

विवाहपछि आफूले संसारकै सबैभन्दा खुसी र भाग्यमानी अनुभूति गरेको उनले बताएका थिए ।

फक्स कर्पका अध्यक्ष ९१ वर्षीय मर्डोक र ६५ वर्षी जेरी पत्रिकामा बारम्बार चर्चामा थिए । सम्बन्धबिच्छेदले मर्डोकको स्वामित्वमा रहेको व्यवसायहरूको स्वामित्व संरचना परिवर्तन नगर्ने जनाइएको छ ।

मर्डोकसँगको विवाहमा जेरीले फिक्का नीलो रंगको भिभियन वेस्टवुड पोसाक लगाएकी थिइन् । सन् २०१९ सम्म रूपर्ट र जेरीले प्रायः रातो कार्पेट कार्यक्रमहरूमा सँगै भाग लिन्थे । द क्वाइट वनको ट्रिबेका फेस्टिभल प्रिमियर र भ्यानिटी फेयर्स ओस्कारमा उनीहरू सँगै देखिएका थिए ।

सन् २०२१ मा रूपर्ट र जेरीले आफ्नो ९०औं जन्मदिन न्यूयोर्क शहरमा एउटा पार्टीमा मनाएका थिए । फोब्र्सका अनुसार मेडिया टाइकुन मर्डोकसँग १७ दशमलब ७ अर्ब डलर सम्पत्ति छ ।

प्रकाशित मिति: Jun 23, 2022

प्रतिक्रिया दिनुहोस्