Logo
६ बैशाख २०८१, बिहीबार
(June 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुष्प खड्का भन्छन्- दयाहाङ दाइले जिम गर्नुपर्छ

अभिनेता पुष्प खड्का बौद्धको एसआई फिटनेसको ब्रान्ड एम्बासेडरमा नियुक्त भएका छन् । एक वर्षअघि सञ्चालनमा आएको यो फिटनेसको पुष्प बुधबार एम्बासडरमा नियुक्त भएका हुन् ।

‘हिजोआज जिम मेरा लागि नियमित छुटाउनै नहुने काम जस्तै भएको छ । फिल्म ‘एक्स ९’का लागि मैले ७–८ केजी तौल बढाएको थिएँ । तर, अहिले फेरि घटाउनु परेको छ,’ पुष्पले भने ।

पुष्पले अभिनेत्री साम्राज्ञी शाह र अभिनेता सुशील श्रेष्ठको फिगरले आफूलाई आकर्षित गर्ने गरेको खुलाए । ‘जिम गर्नुपर्ने कलाकारमा म दयाहाङ राई दाइलाई देख्छु, उहाँले जिम गर्नुपर्छ’ उनले भने ।

अभिनेता खड्काको क्रेज र जिम प्रतिको लगाव देखेर आफूले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको एस आई फिटनेशनका सञ्चालक कुमार स्याङ्बोले जानकारी दिए । उनले अहिले फिटनेस सेन्टरमा तीन सय जना नियमित रूपमा जिम गर्न आउने गरेको बताए ।

कुमारले देशभर नै एस आई फिटनेसको शाखा विस्तार गर्ने योजनामा आफू रहेको र चाँडै महाराजगञ्जमा शाखा खोल्न लागेकोसमेत बताए ।

प्रकाशित मिति: Jun 22, 2022

प्रतिक्रिया दिनुहोस्