Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३ हजार ९१४ नमूना परीक्षण गर्दा २८ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको एन्टिजेन तथा पीसीआर परीक्षणमा सोमबार २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एन्टिजेन र पीसीआर विधिबाट देशभर ३ हजार ९१४ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

१ हजार ८६२ जनाको पीसीआर परीक्षण परीक्षण गर्दा २० जना र २ हजार ५२ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा १० जना कोरोना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभर हाल १२० जना सक्रिय संक्रमित छन् ।

 

प्रकाशित मिति: Jun 20, 2022

प्रतिक्रिया दिनुहोस्