Logo
१५ चैत्र २०८०, बिहीबार
(June 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लमजुङमा चारवटा मोटरेवल पुल निर्माण

गण्डकी प्रदेश स्थित लमजङुमा निर्माणाधीन मोटरेवल पुलमध्ये चारवटा निर्माण सम्पन्न भएका छन् । जिल्लामा चालु आर्थिक वर्षमा निर्माणाधिन नौवटा मोटरेवल पुलमध्ये चारवटा निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।

जिल्लामा क्रमागत योजनाअन्तर्गत अघिल्लो आर्थिक वर्षमा निर्माण सुरु भएका मोटरेवल पुलहरू यो आर्थिक वर्षमा निर्माण सम्पन्न भएका हुन् । चालु आर्थिक वर्षको हालसम्म चारवटा मोटरेवल पुल निर्माण सम्पन्न भएको र यो आर्थिक वर्ष भित्र थप दुईवटा मोटरेवल पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख सुमन गिरीले बताए ।

पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार जिल्लाको क्होलासोँथार गाउँपालिकाअन्तर्गत रुदी खोला मोटरेवल पुल, बेसीशहर–सुन्दरवजार जोड्ने नाल्मा बेसीको राम्चे खोला मोटरेवल पुल, दोर्दी गाउँपालिका अन्तर्गतको किसेदी खोला मोटरेवल पुल र राईनास नगरपालिका अन्तर्गत चिली खोला मोटरेवल पुलको निर्माण कार्य सकिएको हो ।

त्यसैगरी यही आर्थिक वर्ष भित्र क्होलासोँथार गाउँपालिकाअन्तर्गत मिदिम खोला मोटरेवल पुल र दुधपोखरी गाउँपालिकाअन्तर्गतको कुयाले खोला मोटरेवल पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख गिरीको भनाइ छ ।

निर्माण सम्पन्न र निर्माणाधिन मोटेरेवल पुलमध्ये अधिकाँश अघिल्लो आर्थिक वर्षमै सम्पन्न गर्नुपर्ने योजना हुन् । तर, अघिल्लो आर्थिक वर्षमा विश्वव्यापी कोभिड–१९ को प्रभाव, सरकारले जारी गरेको लकडाउन लगायतका कारण देखाउँदै निर्माण अवधि थपिएका हुन् । यद्यपि यसवर्ष पनि कोभिडको प्रभावसँगै बढ्दो महंगी र स्थानीय तहको निर्वाचनका कारण विकास निर्माणका काम प्रभावित भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Jun 10, 2022

प्रतिक्रिया दिनुहोस्