Logo
१३ बैशाख २०८१, बिहीबार
(June 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश सरकारको बजेटमा बन्ने कटहरिया नगरपालिकामा विद्यालय भवनको शिलान्यास

मधेश प्रदेश स्थित कटहरिया नगरपालिका-रौतहटका नगर प्रमुख अजय प्रकाश जयसवालले विद्यालय भवनको शिलान्यास गरेका छन् ।

रौतहटको कटहरिया नगरपालिका अन्तरर्गत रहेको बगहिस्थित वडा नं. ७ मा श्री माध्यमिक बिधालय बगहीमा ४ कोठे बिधालय भवनको शिलान्यास गरिएको छ ।

गत सोमबार एक कार्यक्रमका बिच नगरपालिकाको मेयर अजय प्रकाश र उप प्रमुख रिता देवीले संयुक्त रूपमा श्री माध्यमिक बिधालय भवन निर्माणको लागि बिधिवत् रूपमा शिलान्यास गरेका हुन ।

श्री माध्यमिक बिधालय बगहिमा बिधालय भवन अपुग रहेको ठाँउमा सो बिधालय भवन निर्माणको लागि शिलान्यास गरि प्रक्रिया अगाडि बढाएका छन ।

प्रदेश सरकार बाट प्राप्त भएको शसर्त अनुदानबाट करिब ६४ लाखको लागतमा सो बिधालय भवन निर्माण हुन लागेकोले सो बिधालयको भवन निर्माण कार्य ३ महिना भित्रमा सम्पन्न हुने मेयर जयसवालले बताए ।

शिलान्यास कार्यक्रममास् उपमेयर रिता देवी, वडा अध्यक्ष सहिद मियाँ धोबी, पूर्व वडा अध्यक्ष हरीभजन साह कांग्रेसका नेता जवाहर लाल यादव, राधेश्याम साह, मोकादम मियाँ श्री माध्यमिक बिधालय बगहिका प्रधानध्यापक नबलकिशोर ठाकुर , शिक्षक शिक्षिका लगायतका नेता कार्यकर्ता, समाजसेवी, युवाहरुको बिशाल उपस्तितीमा सो शिलान्यास सम्पन्न भएको वडा अध्यक्ष सहिद मियाँ धोबीले जानकारी दिए ।

कटहरिया नगरपालिकाको सबै भन्दा पुरानो २००६ सालमा स्थापना भएको र नगरपालिकाको पहिलो विद्यालयको रुपमा रहेको श्री माध्यमिक विद्यालयमा बगहीको भवन अभाव भएको र पुराना भवनहरु जीर्ण भइसकेको अवस्थामा नयाँ भवनको शिलान्यास गरेका हुन ।

नगर प्रमुखको हजुर बुबाले पनि अध्ययन गरेको विद्यालय बगही भएकोमा भवनको अभाव रहेको गुनासो बढेपछि नगर प्रमुख जयसवालले पहिलो औपचारिक भौतिक पूर्वाधारको रुपमा विद्यालय भवनको शिलान्यास नै रोजेका हुन् ।

नगर प्रमुखमा निर्वाचित हुनासाथ उहाँले शिक्षा पहिलो प्राथमिकता रहेकोले केहि समय भित्र कटहरिया नगरपालिकाको पुर्ण रूपमा शिक्षामा सुधार ल्याउने प्रतिबद्धता गर्नुभएको छ ।

प्रकाशित मिति: Jun 9, 2022

प्रतिक्रिया दिनुहोस्