Logo
६ बैशाख २०८१, बिहीबार
(June 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यू-१९ क्रिकेट : भुटानविरुद्ध नेपाल बलिङ गर्दै

आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले भुटानविरुद्ध टस जितेर बलिङ गर्ने भएको छ ।

मलेसियामा जारी प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो । नेपाल दोस्रो जितको खोजीमा रहेको छ । यसअघि भएको दुई खेलमा नेपालले एक जित र एक हार नतिजा निकालेको छ ।

नेपाल पहिलो खेलमा कतारविरुद्ध ७९ रनले विजयी भएको थियो भने यूएईसँग १० विकेटले पराजित भएको थियो ।

 

प्रकाशित मिति: Jun 6, 2022

प्रतिक्रिया दिनुहोस्