Logo
१३ बैशाख २०८१, बिहीबार
(May 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजेटमाथि छलफल जारी, वर्षमान भन्छन्- कृषिमा ३२ प्रतिशत बजेट बढाउनु क्रान्तिकारी कदम हो

प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल चलिरहेको छ । गत आइतबार संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमाथि मंगलबारबाट सामान्य छलफल चलिरहेको छ ।

छलफलमा सहभागी सांसदहरुले बजेटको पक्ष र विपक्षमा धारणा राखिरहेका छन् । सोही क्रममा पूर्वअर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद वर्षमान पुनले कषिमा ३२ प्रतिशत बजेट बढाउनु क्रान्तिकारी कदम रहेको बताए ।

‘कृषिमा ३२ प्रतिशत बजेट बढाइएको छ । यो अत्यन्तै सकारात्मक र क्रान्तिकारी कदम हो’, पुनले भने । यसलाई उनले ’क्रान्तिकारी छलाङ’को समेत संज्ञा दिएका छन् ।

६१ प्रतिशत बढी कृषिमा रहेका जनशक्ति बेरोजगार र अर्धबेरोजगार रहेको बताउँदै उनले अहिलेको बजेटले कृषिको संरचनागत रुपान्तरणको दिशा समातेको बताए ।

प्रकाशित मिति: May 31, 2022

प्रतिक्रिया दिनुहोस्