Logo
७ बैशाख २०८१, शुक्रबार
(May 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब साहित्यको माध्यमबाट मात्र नेपाल भारतबीच सम्बन्ध प्रगाढ हुनेछ : साहित्यकार भट्टराई

वरिष्ठ साहित्यकार डा.तुलसी प्रसाद भट्टराईले साहित्यको माध्यमबाट मात्र सांस्कृतिक एकता सहित नेपाल भारतबीच सम्बन्ध प्रगाढ हुने बताएका छन् ।

काठमाडौं स्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र राष्ट्रिय साहित्य प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रममा भट्टराईले उक्त विचार ब्यक्त गरेका हुन् ।

राजनीतिकर्मीहरुले बेला बेलामा दुई देशको सम्बन्धमा असन्तुलन गर्ने प्रयास गरेतापनि अब साहित्यको माध्यमबाट दुई देशबीचको सम्बन्ध प्रगाढ हुने उनको तर्क रहेको छ ।

बिहिबार स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल–भारत कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार, त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका स्वेता दिप्ति लगायतको उपस्थिति थियो ।

सो कार्यक्रममा राष्ट्रिय साहित्य प्रतिष्ठानले कवि शांण्डिल्यलाई ुराष्ट्रिय साहित्य सम्मान गरिएको छ । प्रतिष्ठानले शांण्डिल्यलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

प्रतिष्ठानका महासचिव मधु पाठकले सो सम्मान पत्र वाचन गर्नुभएको थियो । सोही अवसरमा राष्ट्रिय साहित्य प्रतिष्ठानको भगिनी संस्था शखि प्रतिष्ठानले कवि शांण्डिल्यलाई सम्मान गरिएको थियो ।

नेपाल–भारत कविता वाचन कार्यक्रममा नेपाली, हिन्दी, उर्दु, अंग्रेजी एवं बंगाली भाषाका कविता वाचन गरिएको थियोे । कार्यक्रममा राजेन्द्र शलभ, स्नेह सायमी, उर्दु प्रतिष्ठानका अध्यक्ष इम्तिहाज वफा, डा. मोमिन खान, कञ्जना झा, मधु कुमारी, डा. ज्ञाननिष्ठ ज्ञवाली, ठाकुर वेलवासे, पवित्रा अधिकारी, उमेश अवस्थी, रञ्जु दाहाल, पुनम झा, प्रियम्बदा काफ्ले, डा. विनोद कुमार विश्वकर्मा, डा. वासुदेव काफ्ले, त्रिभुवन चन्द्र वाग्ले, सुमन वर्षा, रश्मि भट्ट लगायतका कविले कविता वाचन गरेका थिए ।

कार्यक्रममा कवि शांण्डिल्यले दोहा लेखन, वाचन तथा गजलको महत्त्व एवं लेखन प्रयोग बारे बोल्दै दोहा तथा गजल वाचन गरेका थिए । सो अवसरमा राष्ट्रिय नाचघरका गायक विपिन घिमिरे र शिला विष्ट अलीले नेपाली तथा हिन्दी गीत प्रस्तुत गरेका थिए।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरे कार्यक्रमको सभापति सम्पन्न भएको थियो भने कवि एवम् राष्ट्रिय साहित्य प्रतिष्ठानका सचिव रञ्जना निरौलाले उक्त कार्यक्रम उद्घोषण गरेका थिए ।

प्रकाशित मिति: May 26, 2022

प्रतिक्रिया दिनुहोस्