Logo
१३ बैशाख २०८१, बिहीबार
(May 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रूपनी गाउँपालिकाले एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने

रूपनी गाउँपालिकाले गरिब तथा विपन्नका लागि एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने भएको छ ।

नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष तथा प्रतिनिधिहरूले सपथ ग्रहण तथा पद स्थापनाका क्रममा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने र उक्त एम्बुलेन्समा ५० प्रतिशत छुट दिने घोषणा गरे ।

गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले सर्वसाधारणलाई सस्तो र सहज उपचारका लागि एम्बुलेन्सको व्यवस्था र उपचारका लागि आवतजावत गर्न गरिब, विपन्नलाई ५० प्रतिशत छुट दिने प्रतिबद्धता जनाए । हरेक वडामा बर्थिङ सेन्टर र स्वास्थ्य उपचारको व्यवस्था पनि गर्ने उनको भनाइ छ ।

रूपनी गाउँपालिकाको धार्मिक स्थल शनि मन्दिर, रूपनी माता, दिनाभद्री लगायतलाई पर्यटकीय स्थलको रूपमा चिनाउने, जिल्लामा भएको एकमात्र औद्योगिक क्षेत्रलाई व्यवस्थित गरी ठूलाठूला उद्योग सञ्चालन गर्ने उनले बताए ।

प्रकाशित मिति: May 26, 2022

प्रतिक्रिया दिनुहोस्