Logo
१८ असार २०७९, शनिबार
(May 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कतारमा प्लास्टिक झोला प्रयोगमा रोक

मध्यपूर्व एसियाकाे देश कतारमा प्लास्टिक झोला प्रयोगमा रोक लगाइएको छ। वातारणीय प्रदुषण कम गर्न कतारले प्लास्टिक झोला प्रयोगमा बन्देज लगाउने निर्णय गरेको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कतारमा प्लास्टिकको झोला निषेध गर्ने नगरपालिका मन्त्रालयले तयार पारेको मस्यौदालाई पास गरेको हो ।

वातावरण संरक्षण र फोहोर पुन: प्रयोगमा अधिकतम लगानी गर्ने रणनीतिक उद्देश्यअनुरुप सो मस्यौदा तयार गरिएको थियो । अब ‘सिंगल युज प्लास्टिक ब्याग’ को सट्टा धेरै पटकसम्म प्रयोग गर्न मिल्ने वैकल्पिक झोला बोक्नु पर्नेछ।

 

प्रकाशित मिति: May 26, 2022

प्रतिक्रिया दिनुहोस्