Logo
८ बैशाख २०८१, शनिबार
(May 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिन्धुपाल्चोकमा एम्बुलेन्स कटेजमा ठोक्किँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ दुई किलोमा गएराती एम्बुलेन्स अनियन्त्रति भई सडक छेउमा रहेको कटेजमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कटेजमा निदाईरहेकी अन्दाजी ७९ बर्षीया मनमाया खड्का रहेकी छिन् ।

एम्बुलेन्स पल्टिदा निदाएकै स्थानमा च्यापिएर गम्भीर घाइते भएकी खड्काको उपचारको क्रममा बाह्रबिसे स्थित किष्टोन अस्पतालमा राती सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दोलखाबाट काठमाडौं आउदै गरेको बा २० च ६३ २७ नम्बरको एम्बुलेन्स गएराती सवा ९ बजे नियन्त्रण गुमाएर कटेजमा ठोक्किएको थियो ।

एम्बुलेन्सका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी लामोसाँघु सिन्धुपाल्चोकले जनाएको छ ।

प्रकाशित मिति: May 26, 2022

प्रतिक्रिया दिनुहोस्